महामारीको लडाइँमा लड्नु पर्ने बेला नेताहरु राजनैतिक भबिस्य र सत्ताको लुच्छाचुडिको खेलमा (विचार )

साजन विश्वकर्मा

प्रिय कमरेडहरु,
क्रान्तिलाई सम्पन्न गर्ने र प्रतिक्रान्तिलाइ रोक्ने गहन जिम्मेवारी पाउनुभएका साम्यवादी बिचारधाराबाट ओतप्रोत हुनुभएका लालयोद्धाहरुमा क्रान्तिकारी अभिबादन व्यक्त गर्दछु । साथै सर्बहारा बर्गको राज्यसत्ता स्थापित गर्नको लागि मृत्युपत्रमा हस्ताक्षर गरि बर्ग युद्दको रणमैदानमा आफ्नो प्राण आहुती गर्ने वीर सहिदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै घाइते, अपांग र बेपत्ता परिवार प्रती उच्च सम्मान व्यक्त गर्दछु ।

कमरेडहरु, सर्बप्रथम म तपाईंहरु सामु राजनैतिक इतिहासको पुनरावलोकन गराउन चाहन्छु । २००७ साल देखि २०७७ साल सम्म आइपुग्दा ७० बर्षको लामो राजनैतिक आन्दोलनले विभिन्न कालखण्डमा राजनैतिक ब्यबस्था परिवर्तन गर्न सफल भयो तर जनताको अबस्था भने कहिले परिवर्तन हुन सकेन ।

७० बर्षको लामो राजनैतिक यात्रामा विभिन्न आरोह अवरोह पार गर्दै जनयुद्ध र विभिन्न जनआन्दोलनको जगबाट प्राप्त राजनैतिक उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य ब्यबस्थामा हामी अहिले उभिएका छौ । जनताको चाहना र भावना स्वरुप अहिले करिब दुई तिहाई बहुमत सहितको कम्युनिस्ट सरकार गठन भएको छ ।

यसै क्रममा मानव सभ्यताको इतिहास माथि प्रश्न चिन्ह खडा गर्ने गरी कोभीड १९ ( कोरोना भाइरस) ले गर्दा बिश्व शोक र भोकमा डुबेको छ । उक्त शोक र भोकमा नेपाल पनि अछुतो रहन सकेन । यो मानव जातिको अस्थित्व माथी नै प्रश्न चिन्ह खडा गर्ने माहामारीको विरुद्ध सम्पुर्ण मानवजातिको एकता र सहकार्य अहिले आबस्यकता हो ।

भोक शोक र महामारीको लडाइँमा मानव जातिको जित सुनिश्चित गर्न विभिन्न देसहरुले आआफ्नो रणनीति बनाएर अगाडी बढीसकेको यो अबस्थामा नेपाल सरकार र नेपालको नेतृत्व भने आआफ्नो राजनैतिक भबिस्य र सत्ताको लुच्छाचुडिको खेलमा छन ।

नेपालको राजनैतिक इतिहासमा पहिलो पटक दुईतिहाइ को कम्युनिस्ट सरकार गठन भएको छ तर यो सरकारको आँखा ले जनताको भोको पेट देख्न सकेन, यो सरकारको मुखले राष्ट्रिय एकताको ओकालत गर्न सकेन, यो सरकारको कानले अपहरित ब्यक्ति, गरिब, पीडित र सर्बहारा बर्गको आवाज सुन्न सकेन ।

आदरणीय कमरेडहरु,
के हामीले यहि अबस्थाको परिकल्पना गरेर जनयुद्ध र जनआन्दोलन गरेका थियौं ?
हिजोको अबसरबादी सर्बहारा बर्ग आजको नबधनाध्य र दलाल पुजिपती बर्गमा परिवर्तन भए, के यत्तिको लागि जनताले बलिदान गरेका थिए? अहिलेको ओलि सरकार एकल मनोवादी चिन्तनबाट अगाडी बडेको छ। यो कुरा यो सरकारले ब्यतित गरेको दुई बर्षको समयावधिमा हामिले प्रष्ट देखिसकेका छौ ।

ज्वलन्त उदाहरणको रुपमा सरकारले ल्याएको राजनैतिक दल सम्बन्धित अध्यादेस र सांसद अपहरण काण्डलाई हेर्न सक्छौ । यत्ती हुदाँ सम्म पनि सरकारको गलत काम कारबाहीको दास कम्युनिस्ट कार्यकर्ताहरु दुलो भित्र बसेर मौन समर्थन गरेरहेका छन ।

आदरणीय कमरेडहरु, म भन्न चाहन्छु तपाईंहरुलाइ जनवादी केन्द्रियताको अभ्यास गर्नुहोस् र दास नबन्नुहोस । पार्टीको दासत्व मनोबिज्ञानबाट माथी उठेर एकपटक सोच्नुहोस, देस,जनता राष्ट्र र राष्ट्रियताको पक्षमा बोल्नुहोस।

अझै केही समय बाकी छ। मृ*त्यु पछि अमृतको मुल्य हुदैन। आफ्नो नेतृत्व र सरकारलाई सचेत आलोचना गर्नुहोस् । नेतृत्वलाई एकता, संघर्स र रुपान्तरणको बोध गराउनुहोस र असल शासन निर्माण गर्न आआफ्नो भुमिका निभाउनुहोस ।

उहीँ तपाइहरुको कमरेड साजन

प्रतिक्रिया

सम्बन्धित समाचारहरू