प्रहरी जवान मृ*त फेला

राष्ट्रिय समाचार समिति

धनगढी, १७ वैशाख :कैलालीको चुरे पहाडी क्षेत्र खिमडीस्थित प्र*हरी कार्यालयमा कार्यरत प्र*हरी जवान लोकेन्द्र बोहरालाई कार्यालयमा आज बिहान मृ*तावस्थामा फेला पारिएको छ । सुतेकै ठाउँमा प्रहरी जवान बोहरा मृ*तावस्थामा भेटिनु भएको जिल्ला प्र*हरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनुभयो ।

फाइल तस्बिर

गएराति खाना खाएर सुतेका बोहरालाई काम(डिउटी)मा खटाउनका लागि बिहान ब्युझाउने क्रममा मृ*त फेला पारिएको बस्नेतले बताउनुभयो ।

अछामको पायल स्थायी ठेगाना भएका २९ वर्षीय बोहरालाई पाँच महिना अघि खिमडी प्र*हरी कार्यालयमा खटाइएको थियो । घटनाको अनुसन्धानका लागि इलाका प्र*हरी कार्यालय सुखडबाट प्र*हरी टोली त्यसतर्फ गैसकेको छ ।

प्रतिक्रिया