हिमानी ट्रष्टद्वारा कोरोनाविरुद्ध सुरक्षा सामग्री वितरण

admin

काठमाडौं, १८ बैशाख : हिमानी ट्रष्टले कोरोना भाइरस (कोभिड-१९) विरुद्ध अग्रपंक्तिमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी, प्रहरी, संचारकर्मी, कर्मचारी र जनप्रतिनिधिहरुलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु पिपिई, मास्क, पञ्जा, स्यानीटाईजर लगायत सामाग्रीहरु वितरण गरिरहेको छ ।

हिमानी कोषले बैशाख १४ गते काठमाडौं मेडिकल कलेजलाई आवश्यक सामग्रीहरु पनि प्रदान गरेको थियो । हिमानी कोषकी उपाध्यक्ष पे्ररणा राज्य लक्ष्मी देवी सिंहले उक्त सामग्रीहरु हस्तान्तरण गरेकी हुन् ।

साथै सोही कार्यक्रममा २० संचारमाध्ययमका संचारकर्मीलाई समेत आपतकालिन समयमा आवश्यक सामग्री प्रदान गरिएको थियो भने सामाग्रीहरु वितरण कार्य जारी रहेको छ ।

सोही कार्यक्रममा बोल्दै हिमानी कोषकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मीदेवी शाहले हिमानी कोषले देशका नागरिकलाई असजिलो परेका समयमा सधैँ तत्परताका साथ सहयोग गरेको र कोभिड-१९ का कारण उत्पन्न महामारी विरुद्धपनि कोषले उत्तिकै सहयोग गरिरहेको र अझपनि भोक र रोगबाट ग्रसितहरुलाई आवश्यक खाद्यान्न र औषधी उपचारमा समेत सहयोग जारी राख्ने बताईन् ।

प्रतिक्रिया