महोत्तरीमा थप दुई जनाको रहस्यमय मृ*त्यु

राष्ट्रिय समाचार समिति

जलेश्वर, १८ वैशाख :मङ्गलबार र बुधबार गरी चार जनाको रहस्यमय मृ*त्यु भएको महोत्तरीको भंगहा नगरपालिकामा आज थप दुई जनाको मृ*त्यु भएको छ । मङ्गलबार र बुधबार एकपछि अर्को गरी चार जनाको रहस्यमय मृत्यु भइसकेको वडा नं ७ मेघनाथ गोरहन्नामा आज पुनः स्थानीय ४२ वर्षीय सिकेन्द्र सिंह र ५५ वर्षीय सिताई महाराको मृत्यु भएको नगर प्रमुख संजिवकुमार साहले बताउनुभयो ।

फाइल तस्बिर

मङ्गलबार र बुधबार स्थानीय ४० वर्षीय मोहन चौधरी, ५२ वर्षीय नथुनी चमार, ५४ वर्षीय लालबाबु सिंह र ५२ वर्षीय गङ्गारामको मृ*त्यु भएकामा आज थप दुई जना गरी मृ*तकको सङ्ख्या छ पुगेको प्रमुख साहले पुष्टि गर्नुभयो ।

यसैबीच आजै थप दुई जना अति सिकिस्तलाई जिल्ला प्र*हरी कार्यालय महोत्तरीबाट प्र*हरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सो गाउँबाट उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगी उनीहरुको उपचार भइरहेको बताउनुभयो ।

रहस्यमय तरिकाले छ जनाको मृ*त्यु भइसकेको त्यस गाउँमा उनीहरुको मृ*त्यु विषाक्त र*क्सी सेवनबाट भएको हुनसक्ने वडाध्यक्ष वासुदेव सिंह थारुलगायत स्थानीय बासिन्दाले अडकलबाजी गरिरहेका छन् ।

प्र*हरीले तीन दिनमा सो गाउँबाट ठूलो सङ्ख्यामा र*क्सी र र*क्सी बनाउनका लागि भण्डारण गरी राखिएको कच्चा पदार्थ नियन्त्रणमा लिए पनि उनीहरुको मृ*त्यु र*क्सी सेवनबाट भएको कुरा स्वीकार गरिरहेको छैन । सिकिस्त दुई जनाको स्वास्थ्य जाँच तथा मृ*तकको श*व परीक्षणपछि मात्रै सही कारण बाहिर आउने प्र*हरी नायब उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया