पत्रकार प्र*हरी हिरासतमा

राष्ट्रिय समाचार समिति

डोटी, १८ वैशाख:राहत वितरणको समाचार सङ्कलनका लागि केआइसिंह गाउँपालिका–४ मा पुगेका पत्रकार लोक कार्कीलाई प्र*हरीले नियन्त्रणमा लिएको छ । बुधबार राहत वितरणका क्रममा स्थानीयले वडा कार्यालयमा ताला लगाउन खोजेपछि समाचार सङ्कलन गर्न त्यहाँ पुगेका रेडियो धनगढीका पत्रकार कार्कीलाई प्र*हरीले विना कारण नियन्त्रणमा लिएको भन्दै प्रेस सङ्गठन जिल्ला शाखाले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको घोर आपत्ति जनाएको छ ।

स्थानीयवासीले वडा कार्यालयमा ताला लगाउन थालेपछि आफुले फोटो खिच्ने क्रममा वडाअध्यक्षले एक्कासी हातपात गरेको पत्रकार कार्कीले बताउनुभयो । फोटो खिच्ने क्रममा वडाअध्यक्षले मोबाईल खोस्न थालेपछि मोबाईल नदिदाँ आफुमाथी हातपात गर्नुका साथै प्र*हरीले विना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको पत्रकार कार्कीले जानकारी दिनुभयो ।

प्रेस सङ्गठनका जिल्ला संयोजक कर्ण चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्र*हरीले विना कारण नियन्त्रणमा लिई हिरासतमा राखेका पत्रकार कार्कीलाई तत्काल ससम्मान रिहाइ गर्न माग गरिएको छ ।

समाचार सङ्कलन गर्न गएका पत्रकार कार्की माथी वडाध्यक्षले कु*टपिट गरेको भन्ने आरोप लगाइएको छ । प्र*हरीले कार्कीसहित तीन अन्य व्यक्तिलाई वडाध्यक्षमाथि कु*टपिट गरेको आरोपमा अहिले जिल्ला प्र*हरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया