पलाञ्चोक भगवती मन्दिरमा पुर्णिमाको पुजा र जात्रा नगर्न आग्रह

admin

काभ्रे: काभ्रेको पाँचखाल नगरपालिकाले प्रसिद्ध धार्मिक स्थल पलाञ्चोक भगवती मन्दिरमा यो वर्षको बैशाख पूर्णिमाको दिन पूजा र जात्रा नगर्न आग्रह गरेको छ । नगर कार्यपालिकाको बैठकले कोरोना भाइरसका कारण मुलकमा लकडाउनको अवस्था रहेको र संक्रमण नफैलियोस भन्नका लागि मन्दिरमा पूजा र जात्रा नगर्न आग्रह गरेको हो ।

हरेक वर्ष बैशाख पूर्णिमाको दिन पलाञ्चोक भगवती मन्दिरमा विशेष पुजा र जात्रा लाग्दै आएको छ । यहि बैशाख २५ र २६ गते विशेष पुजा र जात्रा लाग्ने तय भएको थियो । तर कोरोना भाइरसका कारण नगरपालिकाले पलाञ्चोक भगवती मन्दिर गुठी समिति र गुठी संस्थान धुलिखेललाई पुजा र जात्रा नगर्न आग्रह गरेको हो । नगरपालिकाले भक्तजनहरुलाई समेत यो वर्षको बैशाख पूर्णिमाको दिन गरिने विशेष पुजा र जात्रा भर्नका लागि नआइदिन अनुरोध गरेको छ ।

प्रतिक्रिया