नेकपाले दियो वडा कार्यलयलाई राहत

खगेन्द्र हमाल

कर्णाली: कर्णाली प्रदेशको स्थानीय तह सिम्ता गाउँपालिका ७ नम्बर वडा कमिटीले वडा कार्यलयलाई राहत हस्तान्तरण गरेको छ।

काेराेना भाइरस(काेभिड १९)विश्वब्यापिरुपमा फैलिएको यस भयावह परिस्थितिमा नेपाल सरकारले जारी गरेको लकडाउनको समय अवधिभर दैनिक ज्यालादारी मजदुरी गरेर दैनिक जीवन बिताउन बाध्य बिपन्न गरिव नागरिकहरु खाद्यान्नको अभावमा भोकै बस्नुपर्ने अवस्था नहोस भन्ने चाहानाले लामो समयदेखि लकडाउनलाई पालना गरेर भाेगबाट ग्रसित भएका परिवारलाई राहतकाे लागि नेकपा सिम्ता-७ कार्पिचौर वडा कमिटीले ७ नं वडा कार्यलयलाई ३७ कठ्ठा चामल,३५ केजी नुन र ३५ लिटर तेल हस्तान्तरण गरि वडा कार्यलयले विपन्न परिवारलाई हस्तान्तरण गरिएको चन्द्र प्रकाश थापाले जानकारी दिनुभयो।

उक्त खाद्यान्न सबैबाट स्वच्छक रकम संकलन गरि खरिद गरिएको र राज्यको राहत वितरण एकद्वार प्रणाली भएकोले नेपाल सरकारको नीति निर्देशनलाई पालना गर्दै एकद्वार प्रणालीअनुसार वडा कार्यलयलाई हस्तान्तरण गरिएको चन्द्र प्रकाश थापाले जानकारी दिनुभएको छ।राहत वितरण कार्यक्रम वडा कार्यलयकाे प्राअागनमा भएको बताउनुभयो ।

चुलो बल्ल समस्या भएको परिवार खाद्यान्न पाए पछि खुसि हुदै घर फर्केका थिए भने राधिका परियारले ३ जनाकाे परिवारलाई ३० दिनकाे लागि हामीलाई खान पुग्ने भयो भनी राहत दिने संस्थालाई धन्यवाद समेत दिनुभएको थियो।यसैगरी वडा नं ४ र ६ ले पनि यस अघि न‌ै राहत वितरण गरिसकेको बताउनुभयो ।

सिम्ता गाउँपालिका र रेडक्रस उपशाखा राकमको सुयुक्त रुपमा आपतकालीन सेवाको लागि निरन्तर एम्बुलेन्स सेवा दिईरहेको गाउँपालिका अध्यक्षले जानकारी दिनुभयो ।

सिम्तावासी नागरिकहरुलाई कुनैपनी आपतकालीन समस्याहरु भएमा सिम्ता गाउँ पालिकाको नम्बर ९८५८०९८९८८र९८५८०७७५००,रेडक्रस-९८६८१६८००१ र९८०२५६४१९९ र एम्बुलेन्स स्टाफ-९८२४५७४२९० मा सम्पर्क गर्न अनुरोध गर्नुभयो।

प्रतिक्रिया