ताप्लेजुङ सदरमुकाममा भीषण आ*गलागी, सात घर ज*लेर नष्ट

राष्ट्रिय समाचार समिति

ताप्लेजुङ, २० वैशाख : ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा शुक्रबार राति भएको आ*गलागीले सात घर ज*लेर नष्ट भएका छन् । फुङलिङ बजारको पुरानो बैंक लाइनमा आ*गलागी भएको हो ।

राति करिब साढे १० बजे भएको आ*गलागीले खेम केसी, खड्क थापालगायत स्थानीयवासीको घर ज*लेर नष्ट भएका छन् । आ*गो नियन्त्रण गर्ने क्रममा एक घर पूर्णरूपमा र अर्को एक घर आंशिकरूपमा भत्काइएका थिए ।

त्यहाँस्थित भण्डारी खाजाघर आसपासबाट एक्कासी आ*गो सल्किएको स्थानीयवासीले बताएका छन् । यद्यपि कसको घरबाट कसरी आ*गो सल्किएको हो भन्ने यकिन भएको छैन । नेपाल प्र*हरी, सशस्त्र प्र*हरी र नेपाली सेनासहित स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आ*गो नियन्त्रणमा लिइएको थियो । आ*गलागीबाट मानवीय क्षति भने भएन । आ*गलागी नष्ट भएका सात घरमा ११ वटा साना होटल तथा पसल रहेको प्रारम्भिक विवरणमा देखिएको प्र*हरीले जनाएको छ ।

यसैबीच आ*गलागी पीडितलाई तत्कालका लागि खाने–बस्नेलगायत व्यवस्थापनका साथै राहत प्रदान गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा आज बिहान सर्वपक्षीय बैठक बोलाइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभएको छ । बैठकसँगै उनीहरुलाई तत्कालका लागि राहत उपलब्ध गराइने उहाँले बताउनुभयो ।

प्रतिक्रिया