खोलामा डुबेर बालकको मृ*त्यु

राष्ट्रिय समाचार समिति

स्वर्गद्वारी, २० वैशाख: लकडाउनका समयमा माछा मार्न गएका एक बालकको आज प्युठानको माडी खोलामा डुबेर मृ*त्यु भएको छ ।

फाइल फोटो

माछा मार्नका लागि साथीसँगै खोलामा गएका स्वर्गद्वारी नगरपालिका – ३ बाटुलेका १० वर्षीय आरजु खत्रीको डुबेर ज्यान गएको इलाका प्र*हरी कार्यालय भिङ्ग्रीले जनाएको छ ।

खत्रीको श*व परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको इलाका प्र*हरी कार्यालयका प्रमुख बुद्धि रानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया