स्वतन्त्र प्रेसको अधिकार खोस्ने कुनै पनि निर्णय कांग्रेसलाई मान्य हुँदैन : सहमहामन्त्री महत

admin

काठमाडौं, २१ बैशाख : नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा. प्रकाश शरण महतले आफ्नो पार्टी नेपाली कांग्रेस सधै प्रेस स्वतन्त्रताको पक्षमा भएको बताएका छन् ।

आइतबार प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन् । कांग्रेस सहमहामन्त्री महतले स्वतन्त्र प्रेसको अधिकार खोस्ने कुनै पनि निर्णय नेपाली कांग्रेसलाई मान्य नहुने पनि स्पष्ट पारेका छन् ।

शुभकामना सन्देशमा उनले भनेका छन्, ‘आज विश्व प्रेस स्वतन्त्रता दिवस यस अवसरमा प्रेस स्वतन्त्रता र यसको मर्यादामा विश्वास राख्ने सम्पूर्ण नेपाली सञ्चारकर्मी साथीहरूमा शुभकामना र मेरो एक्यवद्धता ।’

नेकपाको सरकार बनेदेखी प्रेस स्वतन्त्रता माथी सरकारले थिचोमिचो र दमन गरेको भन्दै यस्तो कार्य नगर्न पनि सरकारलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया