भिरबाट लडेर महिलाको मृत्यु

admin

ओखलढुङ्गा, २१ बैशाख : भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका-६ श्रीचौरकी ६१ वर्षीय धनमाया तामाङ घाँस काट्न जाँदा भिरबाट लडेर मृत्यु भएको हो ।

आइतबार बिहान भिरबाट लडेकी तामाङलाई उद्धार गरेर स्थानीय पेशला पोलिक्लिनिकमा ल्याइएको र त्यहाँ उपचारका क्रममा मृत्यु भएको स्थानीय युवा शिवकुमार कार्कीले जानकारी दिए ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । मृ’तकको श’व रुम्जाटार अस्पतालबाट श’व प’रीक्षणपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

प्रतिक्रिया