वाटर क्यानन खरिदमा पनि चलखेल

admin

काठमाडाैं, २२ वैशाख : नेपाल प्र*हरीले भट्टकै कम्पनीमार्फत एउटा वाटर क्यानन खरिदका लागि सम्झौता गरेको पनि एक वर्ष भइसकेको छ । तर, उनले उपलब्ध गराउन सकेका छैनन् ।

जब कि त्यसका लागि एकपटक प्र*हरी प्रधान कार्यालय र अर्काेपटक गृह मन्त्रालयले म्याद थप गरेका छन् । तेस्रोपटक म्याद थपका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भए पनि अस्वीकृत भएको थियो ।

त्यसपछि प्र*हरी प्रधान कार्यालयले उनको कम्पनीलाई ढिलाइबापत जरिवानाका लागि प्रक्रिया अघि बढाइसकेको थियो । वाटर क्याननको उनको ठेक्काले भने नियमावली संशोधनपछि निरन्तरता पाउने भएको छ ।

करीब तीन करोड रुपैयाँमा उनले प्र*हरीलाई एउटा वाटर क्यानन बेच्न लागेका हुन् । नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले समाचार लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू