ओलीले एक पद छाड्नुपर्ने मुद्दा नेपाल समूहले उठाउने

admin

काठमाडाैं, २२ वैशाख : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले एक पद छाड्नुपर्ने मुद्दा वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उठाउने भएको छ ।

सत्तारुढ नेकपाको आगामी २५ वैशाखमा बस्ने स्थायी कमिटी बैठकमा नेपाल समूहको प्रधानमन्त्री ओलीले ‘प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजीनामा दिनुपर्ने’ अडान कायमै छ ।

नेकपा सचिवालयको शनिबार बसेको बैठकमा प्रधानमन्त्री ओली र नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहालले आत्मालोचना गर्दै पार्टी र सरकारको काम प्रभावकारी रुपमा अघि बढाउने निर्णय गरेको एकदिन नबित्दै नेपाल समूह आइतबार छुट्टै भेलापछि यस्तो निष्कर्षमा पुगेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया