नेकपा पन्चपुरी नगर कमिटीले नगरपालिकाको विपत कोषमा १,०१,१११ रुपैयाँ सहयोग गर्यो

खगेन्द्र हमाल

सुर्खेत: विश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस कोभिड १९ लाई मध्यनजर गर्दै कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेत स्थित नेकपा पन्चपुरी नगर कमिटीले राहत स्वरुप आर्थिक सहयोग पन्चपुरी नगरपालिकालाई हस्तान्तरण गरेको छ।

आज मिति २०७७ बैशाख २२ गते आजका मिति सम्म जम्मा हुन आएको जम्मा रकम रु ११४६००।- एक लाख चौध हजार छ सय मध्य नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर किमिटी पञ्चपुरी ,सुर्खेतको तर्फवाट पञ्चपुरी नगरपालिकाको राहतकोषमा १०११११ रु एक लाख एक हजार एक सय एघार मात्र को चेक नगरपालिकाका प्रमुख उपेन्द्र थापाज्यु लाई हस्तान्तरण गरिएको नेकपा नगर कमिटी सचिव केशव शाहीले जानकारी दिनुभयो।

लकडाउनको कारणले दैनिक ज्यालादारी काम गर्ने गरिव, बिपन्न,नागरिकहरु खाद्यान्नको अभावमा भोकै बस्नु नपरोस भन्ने मान्यतामा नेकपा पन्चपुरिले राहत स्वरुप आर्थिक सहयोग गरेको सचीव शाहीले बताउनुभयो ।नेपाल सरकारको नीति निर्देशनलाई पालना गर्दै एकद्वार प्रणालीअनुसार नगरपालिकाको राहत विपत कोषमा सहयोग गरेको बताउनुभयो।

साथै बाँकी रकमबाट पञ्चपुरी स्थित चारवटै क्वारेन्टाईनहरुमा रहेका करिब ३५० जना नागरिकहरुलाई ३/३वटाका दरले अण्डा बितरण गर्ने निर्णय गरेको सचिव शाहीले बताउनुभयो।नेपाल सरकारले जारी गरेको लकडाउनको समय अवधीलाई पुर्णरुपमा पालना गरि सामाजिक दुरि र शुरक्षा अपनाएर अति आवस्यक काम बाहेक फाल्तु बाहिर घुमफिर नगरी यो महामारी विरुद्धको लडाईलाई सफल पार्न सम्पुर्ण पन्चपुरी नगरबासिहरुलाई अनुरोध व्यक्त गर्नुभयो ।

प्रतिक्रिया