फ’रार सूचीमा रहेका वडाध्यक्षद्वारा आ’त्म’सर्मपण

admin

म्याग्दी, २३ बैशाख : प्रहरीको फ’रार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आ’त्म’सर्मपण गरेका छन् ।

गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खा’नतलासी गर्दा एक रा’उण्ड गो’ली ब’रामद गरेको थियो । हात’ह’तियार तथा खरखजना मु’द्दा चलाइएपछि शेरपुजा फ’रार भएका थिए ।

अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मु’द्दाको प्र’तिवाद गर्न शेरपुजा आफैँ आइतबार प्रहरीकहाँ पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले बताए ।

उनका अनुसार प्रशासनबाट निजी ह’तियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गो’ली प्रयोगशालामा परीक्षण गर्दा बाह्र बोरको भएको पुष्टि भएको छ । “उहाँ आफैँ अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो”, प्रनाउ कुँवरले बताए ।

चैत २९ गते बिहान ‘नेकपा गापा अध्यक्ष दीपक कार्की बिखर्ची मित्रले झैँ सामाजिक सञ्जालमा आगो बाल्नु छ । कसैले हिम्मत बोकी निभाउँछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउँछु’ भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाएका थिए ।

शेरपुजा विसं २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उममेद्वार भएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई कांग्रेसका नेताहरुले प्रहरी कार्यालयमा ल्याएर आएका थिए । स्थानीय चुनावअघि कांग्रेसमा प्रवेश गरेका शेरपुजा कांग्रेसको रघुगङ्गा पालिका कार्यसमितिको सचिव छन् ।

विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रा’न्तिकारीमा आ’वद्ध थिए । अ’वैध हात’ह’तियार वा गो’ली’ग’ठ्ठा राखेकाले शेरपुजा’वि’रुद्ध अदालतमा हात’ह’तियार तथा खरखजनासम्बन्धी मु’द्दा चलाइएको थियो ।

फौजदारी अ’भियोग लागेपछि उनको पद निलम्बन हुने कानूनी व्यवस्था छ । अदालतले उनलाई दो’षी ठ’हर गरे र पुनरावेदनमा पनि असफल भएमा वडाध्यक्ष पद गुम्नेछ ।

प्रतिक्रिया