दुर्घटनामा परी सशस्त्र प्रहरी हवल्दारको मृत्यु

admin

कैलाली, २३ बैशाख : कैलालीको गौरीगङ्गा नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गमा एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको धनगढी-१० का आशाराम चौधरीले चलाएको से१च १८२८ नंको एम्बुलेन्सले विपरीत दिशातर्फ आइरहेको घोडाघोडी नगरपालिका-१० का भरत बोहराले चलाएको म२प ५३०३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गौरीगङ्गा नगरपालिका-८ घर भई सशस्त्र प्रहरी बेसक्याम्प पहलमानपुरमा कार्यरत ३५ वर्षीय सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका मृ’तक ऐरको उपचारका क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको बताइएको छ । एम्बुलेन्ससहित चालकलाई प्रहरी नियन्त्रणमा लिइएको र मोटरसाइकल चालक बोहराको अवस्था भने सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया