काभ्रेको पनौतीमा नेवारले मात्रै घरजग्गा किनबेच गर्न पाउने

admin

काभ्रे : सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ ले थुन लगाएर तास नफिट्न निकालेको सूचना सार्वजनिक भएकै दिन काभ्रेको पनौतीमा नेवार जातिलाई मात्रै घरजग्गा बेच्न उर्दी जारी गरिएको छ। पनौती नगरपालिका वडा नम्बर–७ ले सोमबार एक सूचना निकाल्दै गाउँका अगुवा र भद्रभलाद्मीको सल्लाह भन्दै नेवार जातिलाई मात्रै घर जग्गा बेच्न भनेको हो।

रामचन्द्र नास्नानीले हस्ताक्षर गरेर निकालेको सूचनामा यस्तो उल्लेख गरिएको हो। यो सूचना अनुसार पनौती–७ मा अब अन्य जातिले घरजग्गा किन्न पाउने छैनन्।

‘पनौती नगरपालिका–७ को पुरानो बजार स्मारक क्षेत्रभित्र बसोबास गरिरहने नेवारी जातिको बाहुल्यता भएकाले धर्म, संस्कृति र पुरातात्विक सम्पदा जोगउान पुरानो घर तथा जग्गा घरधनीरुले नेवार जातिबाहेक अन्यलाई बेच्नका लागि घर बाटोको मूल्यांकन सिफारिस लिइ आएमा भद्रभलाद्मीहरुले नगर्नु भन्नुभएको छ’, सूचनामा भनिएको छ, ‘वडा समितिको वैशाख २३ मा बसेको बैठक अनुसार नेवार जातिबाहेक अन्य जातिलाई घर बेचबिखन गर्न सिफारिस लिन आएमा सेवा नदिने निर्णय भएको यस वडाबासीलाई जानकारी गराइन्छ।’

प्रतिक्रिया