तातोपानी भन्सारको अवरोध खुलाउन पहल

admin

मेलम्ची, २४ बैशाख : सामानबाट कोरोना सङ्क्रमण सर्न सक्ने भन्दै स्थानीयवासीले अवरोध गरेपछि तातोपानी भन्सारले उद्योग वाणिज्य सङ्घ, नेपाल सीमापार व्यापार सङ्घ, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकाका प्रमुखलगायतसँग छलफल गर्दैछ ।

स्थानीयवासीले चीनबाट ल्याइएका स्याउ र लसुनबाट कोरोना सर्न सक्ने भन्दै भन्सारमा आइपुगेका ती गाडी कुनै हालतमा काठमाडौं जान नदिने बताउँदै भन्सारमा धर्ना दिएका थिए । अवरोधका बीच तातोपानी सुक्खा बन्दरगाहमा आइपुगेका स्याउ र लसुनका कन्टेनर मंगलबार काठमाडौं पठाइएको छ ।

आइतबार चीनबाट नेपाल ल्याइएका लसुन र स्याउका सात कन्टेनर काठमाडौं पठाइएको भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । मंगलबार लसुनका तीन गाडी रस्याउका चार कन्टेनर काठमाडौं पठाइएको हो ।

आगामी दिनमा कसरी अघि बढ्ने भन्ने सल्लाह गर्छौँ भनेपछि कन्टेनरहरु सहजरूपमा जान दिएको तर थप सामानका लागि छलफल गर्नुपर्ने अवस्था रहेको प्रमुख खत्रीले बताए ।

प्रतिक्रिया