काभ्रे प्रवेश गर्ने सबै नाका शिल

admin

काभ्रे: जिल्ला कमाण्ड पोष्ट काभ्रेले जिल्ला प्रवेश गर्ने सबै नाकाबाट आवतजावत बन्द गर्ने निर्णय गरेको छ । कमाण्ड पोष्टले काभ्रे जिल्लासँग सिमाना जोडिएका सबै नाकाबाट आवतजावत रोक्ने निर्णय गरेको हो ।

सिन्धुपाल्चोकसँग सिमाना जोडिएको मण्डनदेउपुर नगरपालिका, भुम्लु र चौरीदेउराली गाउँकाको नाका बन्द हुनेछ । त्यस्तै भक्तपुरसँग जोडिएको बनेपा नगरपालिका, ललितपुरसँग जोडिएकोे खानीखोला र बेथानचोक गाउँपालिकाको पनि नाकाबाट आवतजावत गर्न पाइने छैन् । रामेछापसँग सिमाना जोडिएको तेमाल र रोशी गाउँपालिकाको नाका पनि बन्द हुनेछ ।

सिन्धुली र मकवानपुरसँग नाका जोडिएको महाभारत गाउँपालिकाबाट पनि आवतजावत गर्न नपाइने निर्णयमा उल्लेख छ । कमाण्ड पोष्टले जिल्लाको १३ वटै स्थानीय तहको वडा र वस्तीस्तरसम्म निगरानी समूह गठन गरेर लकडाउनको प्रभावकारी कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया