प्रधानमन्त्री ओलीद्वारा भोलि दीप प्रज्वलन गर्न आग्रह

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २४ वैशाख :प्रधानमन्त्री केपी शर्माओलीले बिहीबार २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्वलन गर्न आग्रह गर्नु भएको छ ।

उहाँले २५६४ औँ बुद्धजयन्तीका अवसरमा भोलि साँझ ७ बजे सबै नेपालीलाई दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको उहाँका प्रेस सल्लाहकारका सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कोरोना महामारीविरुद्धको लडाइँका अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा स्वयमसेवकप्रति उच्च सम्मानस्वरुप तथा सङ्क्रमितको शीघ्रस्वास्थ्य लाभ र मृत्युवरण गर्नुभएकाको शान्तिका लागि दीप प्रज्वलन गर्न आग्रह गर्नुभएको हो ।

प्रतिक्रिया