पोखरा, २५ वैशाख :पोखरा महानगरपालिका–२० ले यहाँका दीर्घरोगीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । सरकारले कोरोना सङ्क्रमण फैलन नदिन जारी बन्दाबन्दीको समयावधि लम्ब्याउँदै गएपछि आफ्नो वडाभित्रका नियमित औषधि सेवन गर्ने उच्च रक्तचाप, मधुमेह, मुटुरोग, मानसिक समस्या, दम तथा थाइराइडका समस्या भएकालाई घरघरमै औषधि पु¥याइएको हो ।
वडाध्यक्ष सिमबहादुर गुरुङले वडाभित्रका ४३० बिरामीको घरघरमा पुगेर औषधि वितरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य क्षेत्रमा छुट्याइएको बजेटमा केही बजेट थप गरी कूल रु दुई लाख ५० हजार खर्चेर उनीहरूलाई घरघरमा पुगी औषधि वितरण गरिएको हो ।
वडा सदस्य भीमप्रसाद बाँस्तोलाले आगामी दिनमा पनि नियमित औषधि खानेमध्ये छुट बिरामीको तथ्याङ्क लिइ पुनः औषधि घरघरमा पु¥याउने बताउनुभयो ।