रासयानिक प्लान्टमा ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु

admin

काठमाडौं, २५ बैशाख : भारतको आन्ध्र प्रदेशको विशाखापटनममा रहेको रासयानिक प्लान्टमा बिहीबार बिहान ग्यास चुहावत हुँदा ८ जनाको मृत्यु भएको छ । ग्यास चुहावट हुँदा तीन जनाको घटनास्थलमै र ५ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अहिले त्यहाँको स्थिति भयावह भएको छ । लकडाउनपछि काम सुरु भएको लिक लजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट बिहीबार बिहान २:३० बजे ग्यास चुहावट भएको हो ।

ग्यास लिक हुँदा स्थानीय बासिन्दा सुतिरहेका थिए। प्रहरीले वरपरका पाँच गाउँ खाली गराएर स्थानीयलाई मेघद्री गेड्डा र अन्य सुरक्षित ठाउँमा लगेको छ ।

धेरैलाई आँखा पोल्ने र सास फेर्न गाह्रो भइरहेको छ । ग्यास चुहावट हुँदा दुई सय जनाभन्दा बढी बिरामी परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया