कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको ह’त्या

admin

काठमाडौं, २५ बैशाख : अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसर आफ्नै निवासमा मृ’त भेटिएका छन् । 

युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ ली गत शनिबार आफ्नै निवासमा मृ’त भेटिएका हुन् । प्रहरी अनुसन्धानका आधारमा उनको गो’ली हा’नी ह’त्या भएको पुष्टि भएको छ । 

उनको टाउको, छाती, हात, खुट्टा र गर्धनमा गो’ली लागेको बताइएको छ । प्रहरीले उनको ह’त्या आफ्नै साथी इन्जिनियर हाउ गुले गरेको भन्दै उनलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसन्धान अनुसार हाउले उनको ह’त्यापछि आ’त्मह’त्या गरेका थिए ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार प्रोफेसर लीले पछिल्लो समय कोभिड-१९ को गहन खोज गरिरहेका थिए । यस्तो अवस्थामा उनको ह’त्या भएको घटनालाई चासोका साथ हेरिएको छ । तर प्रहरीहरुले उनको ह’त्याको कारण कोभिड-१९ को अध्ययन र उपलब्धिसँग सम्बन्धित रहेको कुनै प्रमाण हालसम्म नभेटिएको जनाएको छ ।

प्रतिक्रिया