छतबाट खसेर मजदूरको मृ*त्यु

राष्ट्रिय समाचार समिति

चन्द्रौटा, २५ वैशाख : कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् ।

यही वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घा*इते हुनुभएका नाउँको चितवनमा उपचारका क्रममा आज मृ*त्यु भएको वडा प्र*हरी कार्यालय चन्द्रौटाका प्र*हरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया