काठमाडौँ, २५ वैशाख :काठमाडौँमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मा*पसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ ।
काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मा*पसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्र*हरीले जनाएको छ । कारलाई ठ*क्कर दिए पनि ठूलो दुर्घ*टना हुनबाट भने जोगिएको छ ।
मित्रपार्कबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले आज अपराह्न ठ*क्कर दिएको थियो । दु*र्घटनामा कार चालक सविन श्रेष्ठ घा*इते भएका र दुवै सवारी साधनमा क्षति पुगेको प्र*हरीले जनाएको छ ।
मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई प*क्राउ गरिएको महानगरीय ट्राफिक प्र*हरी महाशाखाले जनाएको छ । आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्र*हरी वृत्त, गौशालामा राखिएको छ ।
यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुपाल्चोकका राजु गिरीको कोठाबाट नगद तथा सुनका गरगहनासहित रु एक लाख ४३ हजार बराबरको धनमाल चो*री भएको र घटनाको अनुसन्धान भइरहेको प्र*हरीले जनाएको छ ।