बाघको आ*क्रमणबाट जनप्रतिनिधि घा*इते

राष्ट्रिय समाचार समिति

गुलरिया, २५ वैशाख: बाघको आ*क्रमणबाट गेरुवा गाउँपालिका –४ का वडा सदस्य ६५ वर्षीय मायाराम खनाल गम्भीर घा*इते हुनुभएको छ ।

आज दिउँसो करीब ३ बजे बर्दिया राष्ट्रिय निकुञ्जको छेउमा भैँसी चराउँदै गर्दा खरमा लुकेर बसेको पाटेबाघले एक्कासि आक्रमण गरी उहाँलाई घा*इते बनाएको हो ।

आ*क्रमणबाट उहाँको घाँटी, ढाड र छातीमा चो*ट लागेको स्थानीयवासी दिलबहादुर बिसीले बताउनुभयो । खनाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा पु¥याइएको छ ।

प्रतिक्रिया