नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमित १०९ पुगे

admin

काठमाडौं, २७ वैशाख : नेपालमा थप ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । उदयपुरको भुल्केका तीन, कपिलवस्तुका तीन र पर्साका एक जना गरी ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुर, भुल्केका १८, ४५ र ६५ वर्षका महिला, कपिलवस्तुका १८ वर्षका दुई र १७ वर्षका एक जना पुरुष तथा पर्सा छपकैयाका ६२ वर्षका पुरुष गरी थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय ९ पुगेको छ ।

प्रतिक्रिया