प्र*हरी र स्थानीयवासीबीच झ*डप, तीन प्र*हरी घा*इते

राष्ट्रिय समाचार समिति

चितवन, २७ वैशाख : पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्र*हरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँ*जा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्र*हरीले जनाएको छ ।

जिल्ला प्र*हरी कार्यालय चितवनले दिएको जानकारीअनुसार प्राप्त गोप्य सूचनाका आधारमा गाँ*जा बरामद गरी ल्याउने क्रममा चौकीडाँडामा जम्मा भइ बसेका स्थानीयवासी र प्र*हरीबीच झ*डप भएको थियो । झ*डपका क्रममा प्र*हरीले प्रयोग गरेको रत्ननगर नगरपालिकाको बा१२च २७१ र इलाका प्र*हरी कार्यालय भण्डाराको बा१झ ७४६५ नंको गाडी तोडफोड भएपछि प्र*हरीले हवाईफायर गरेको कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिनुभयो । सो क्रममा दुवै गाडीमा क्षति पुगेको छ ।

प्र*हरीलाई अवरोध गरेको भन्दै चार जनालाई प*क्राउ गरेको छ । प*क्राउ पर्नेमा स्थानीयवासी २४ वर्षीय रञ्जित वाइवा, २० वर्षीय सुमन वाइवा, २२ वर्षीय सञ्चरास घलान र ३५ वर्षीय धनबहादुर घलान रहेका छन् । झ*डपको क्रममा तीन प्र*हरीसमेत घा*इते भएका छन् ।

घा*इते हुनेमा प्र*हरी जवान अवधेसप्रसाद यादव, लुकेश जर्घा र सुजन बराइली रहेको प्र*हरीले जनाएको छ । यादवको अवस्था मध्यम भए पनि अन्य दुई जनाको अवस्था खतरामुक्त रहेको प्र*हरीले जनाएको छ । घटना शुक्रबार राति ९ः३० बजे भएको हो ।

प्रतिक्रिया