रासायनिक मलमा का*लोबजारी गरेको आरोपमा दुई प*क्राउ

राष्ट्रिय समाचार समिति

गोरखा, २८ वैशाख: जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा का*लोबजारी गरेको आरोपमा प्र*हरीले शनिबार दुई जनालाई प*क्राउ गरेको छ । प्र*हरीले मल का*लोबजारी गरेको आरोपमा हिमालयन गोरखा एग्रो फार्म प्रालिका सञ्चालकसहित दुई जनालाई पक्रा*उ गरेको जिल्ला प्र*हरी कार्यालय गोरखाका प्रमुख प्र*हरी उपरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

प*क्राउ पर्नेमा फार्म सञ्चालक भक्तबहादुर श्रेष्ठ र फार्ममा काम गर्ने रेशम श्रेष्ठ रहेका छन् । मल बिक्रीको अनुमतिसमेत नभएको उक्त फार्मले किसानलाई प्रतिकिलो रु ३५ का दरले मल बिक्री गर्दै आएको प्र*हरीले बताएको छ ।

सञ्चालक श्रेष्ठले फार्मको नामबाट मूल्यसूची टाँस नगरी अत्यधिक दरभाउ कायम गरी अनधिकृतरूपमा किसानलाई मल बेचेको भन्ने गुनासो आएपछि सदरमुकामबाट विशेष प्र*हरी टोलीले उनीहरुलाई प*क्राउ गरेको प्र*हरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

प्र*हरीले श्रेष्ठको फार्ममा रहेको ५३ बोरा रासायनिक मल भण्डारलाई समेत सिल गरी अनुसन्धान अघि बढाएको उहाँको भनाइ छ । प*क्राउ परेका दुवै जनाविरुद्ध का*लोबजारी ऐन, २०३२ अन्तर्गत कानूनी कारवाही अगाडि बढाइएको प्र*हरीले जनाएको छ । आफूहरु ठगिएको थाहा पाएपछि किसानले शुक्रबार दिनभर उक्त फार्ममा धर्नासमेत दिएका थिए ।

प्रतिक्रिया