काठमाडौंका यी ठाउँमा आज र भोलि बत्ती जान्छ : प्राधिकरण

admin

काठमाडौं, २८ बैशाख : सडक विस्तारका कारण काठमाडौंका केही ठाउँमा आइतबार र सोमबार बिजुली जाने भएको छ ।

कुलेश्वर वितरण केन्द्र अन्तर्गतको कलंकीदेखि ढुंगेधारासम्मको चक्रपथ र सितापाइलादेखि रामकोटसम्मको सडक विस्तार कार्यका लागि स्युचाटार- स्वयम्भू फिडरबाट वितरित लाइन काटिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सूचना अधिकारीका अनुसार लाइन छुटाएर मर्मतको काम गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको जानकारी दिएका छन् । प्राधिकरणले तोकिएको काम सकिएलगत्तै विद्युत् सेवा उपलब्ध हुने पनि जइनाएको छ ।

बुढानिलकण्ठ मन्दिर, टेम्पो पार्क, सिभिल होम्स, टौखेल, अलकत्रा कारखाना, थापाचोक, रामकोट, आदेश्वर, छत्रेदेउराली लगायतका ठाउँमा विद्युत् नआउने भएको छ । 

प्रतिक्रिया