आज थप एक जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको संख्या ११० पुग्यो

admin

काठमाडौं, २८ बैशाख : (आज) आइतबार पुनः एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । उदयपुरमा थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या १ सय १० पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उदयपुर, भुल्केका ४३ वर्षीय महिलामा सङ्क्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार ती महिलाको विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । एक जना थपिएसँगै एकै दिन उदयपुरका चार जनामा कोरोना देखिएको हो ।

सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उनले जानकारी दिए । यसअघि शुक्रबार बिहान उदयपुरकै तीन जना महिलामा कोरोना पुष्टि भएको थियो ।

शुक्रबार नै कपिलवस्तुका तीन र पर्साका एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया