कोरोना प्रभावितलाई खाद्य सामग्री बाँड्नेक्रममा झ’डप, सातको मृत्यु

admin

काठमाडौं, २८ बैशाख : अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा शनिबार कोरोनाभाइरस प्रभावितलाई खाद्य सामग्री वितरण गर्नेक्रममा झ’डप हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजनीतिक पहुँचका आधारमा खाद्य सामग्री भएको वि’रोधमा भएको प्र’दर्शनका क्रममा अरु १४ जना घा’इते भएको घोर प्रा’न्तका सांसद गुल्जामान नायिबले बताएका छन् ।

प्रा’न्तीय गभर्नरका प्रवक्ता मोहम्मद आरिफ अबरले करिब ३०० जना प्र’दर्शनकारीले सुरक्षाकर्मीमाथि ढुं’गा’मु’ढा गरेपछि प्रहरीले गो’ली चलाउनु परेको जानकारी दिए । तर, उनले सुरक्षाकर्मीको गो’ली लागेर २ जनाको ज्यान गएको र पाँच जना घा’इते भएको बताए ।

प्र’दर्शनकारीलाई तितरबितर गर्नेक्रममा केही प्रहरी पनि घा’इते भएका थिए । प्रवक्ता अबरले सहायता सामग्री मनोमानी किसिमबाट वितरण भएको अस्वीकार गरे।

मृत्यु भएकामध्ये एक जना स्थानीय रेडियो स्वयंसेवक अहमद नवीद खान पनि रहेको अफगानिस्तान पत्रकार केन्द्रका कार्यकारी निर्देशक अहमद कुरैसीले बताएका छन् ।

प्रतिक्रिया