कोरोनाका कारण ज्यान गुमाउनेको संख्या घट्दो क्रममा

admin

काठमाडौं, २९ बैशाख : विश्वभर कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ६३ जनाको ज्यान गएको र ७८ हजार ८ सय ४७ जना नयाँ बिरामी थपिएका वल्डओमिटरले जनाएको छ ।

यसअघि ४ हजार २ सय ४८ जनाको ज्यान जानुका साथै ८८ हजार ९ सय ८८ जना नयाँ बिरामी थपिएका थिए । वल्डओमिटरका अनुसार भारतमा गएको २४ घण्टामा मात्रै १ सय ११ जनाको ज्यान गएको छ भने ४ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै साढे २० हजारभन्दा धेरै निको भएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले भने अहिलेसम्म २१ सय ९ जनाको मात्र ज्यान गएको पुष्टि गरेको छ । ६७ हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २ हजार २ सय १२ जनाको ज्यान गएको वल्डओमिटरले जनाएको छ ।

सबैभन्दा धेरै उत्तर अमेरिकामा २३ हजार ५ सय ६ जना नयाँ बिरामी थपिएका छन् भने ११ सय ६ जनाको ज्यान गएको छ । यस्तै यूरोपमा २२ हजार ७ सय ४७ जना नयाँ बिरामी थपिँदा ९ सय ७५ जनाको ज्यान गएको छ ।

यसैगरी एसियामा १७ हजार ७ सय २१ जना नयाँ बिरामी थपिँदा ३ सय २१ जनाको मृत्यु भएको छ भने दक्षिण अमेरिकामा १२ हजार १ सय ४ जनामा सङ्क्रमण पुष्टि हुँदा ९ सय ९२ जनाको ज्यान गएको छ । अफ्रिकामा पनि २ हजार ७ सय ५५ जनामा कोरोना पुष्टि हुँदा ६९ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया