काभ्रेका स्थानीय तहले पुर्याए दीर्घ रोगीलाई घर–घरमै औषधी

admin

काभ्रे: नियमित औषधि सेवन गर्ने दिर्घरोगीहरु निकै समस्यामा परेको भन्दै काभ्रे जिल्लाका स्थानीय तहरुले घर–घरमै औषधि पुर्याउने ब्यवस्था मिलाएका छन् । तेमाल गाउँपालिकाले घर–घरमै पुगेर स्वास्थ्य जाँच गर्नुका साथै औषधि वितरण गरिरहेको छ ।

भुम्लु गाउँपालिकाले भने वडागत रुपमा दीर्घरोगीहरुको तथ्यांक निकाल्न सुरु गरेको छ भने क्यान्सर, मृटु रोग जस्ता रोगीहरुका लागी निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

जिल्लाको खानीखोला गाउँपालिकाले दीर्घरोगीहरुको लागि घर–घरमा नै औषधी पु¥याइरहेको छ । बेथान्चोक गाउँपालिकाले पनि दिर्घरोगीहरुका लागि औषधी व्यवस्थापन गरेको छ । मण्डनदेउपुर नगरपालिकाले औषधी ल्याइदिनुका साथै दीर्घरोगीहरुका लागी गाडीको व्यवस्था गरेको पालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिनभुयो ।


नमोबुद्ध नगरपालिकामा ३३ जना र धुलिखेल नगरपालिकामा १५० जना दीर्घरोगी छन् । औषधि सकिएका दीर्घरोगीहरुलाई औषधि किनेर घरसम्म पुर्याउने काम गरेको नमोबुद्ध नगरपालिकाका प्रवक्ता सञ्जिव ढकालले बताउनुभयो ।

पनौती र पाँचखाल नगरपालिकाले पनि दीर्घरोगीहरुले नियमित सेवनगर्ने औषधीको अभाव हुन दिएका छैनन् । बनेपा नगरपालिकाले भने मेडिकलको संख्या धेरै भएकाले घर–घरमा औषधि पुर्याउन जानुपर्ने अवस्था नरहेको बताएको छ ।

प्रतिक्रिया