धुलिखेलका युवा सडकमा

admin

धुलिखेल, २९ बैशाखः भारत नेपाली भुमि मिचेर सडक बनाएको विरोधमा धुलिखेलका युवाहरु विरोधमा उत्रिएका छन् । उनीहरुले सोमबार दिउँसो बीपी चोकमा भेला भएर विरोध जनाएका हुन् ।

अनेरास्ववियू काठमाण्डौ विश्वविद्यालय, राष्ट्रिय कमिटिका अध्यक्ष सुन्दर लामाको नेतृत्वमा भेला भएका युवाहरुले आफ्नो भुमि तत्काल छोड्न भारतलाई आग्रह गरेका छन् ।

नेपालको राष्ट्रिय झण्डा सहित ‘लिपुलेक हाम्रो हो, त्यहाँबाट पछि हट’ लेखिएको पम्पलेट बोकेर युवाहरुले विरोध जनाएका हुन् ।

प्रतिक्रिया