लकडाउनमा २३१ महिला तथा बालिकामाथि हिं*सा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ३० वैशाख: लकडाउनको समयमा २४ जिल्लामा २३१ महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिं*सा भएको महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले अभिलेखीकरण गरेको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि यसको रोकथामका लागि गत चैत ११ गतेदेखि मुलुकभर लकडाउन लागू छ ।



यस अवधिमा अभिलेखीकरण भएका घटनामध्ये १३३ घरेलु हिं*सा, २१ सामाजिक हिं*सा, ३४ ब*लात्कार, सात ब*लात्कारको प्रयास, १० यौ*न दुव्र्यवहार, दुई ह*त्या, दुई ह*त्या वा आ*त्महत्या अनुसन्धानका क्रममा रहेको, १४ आ*त्महत्या, दुई आ*त्महत्याको प्रयास, दुई ह*त्याको प्रयासका घटना र चार साइबर अप*राधसँग सम्बन्धित रहेका छन् । घटनामा संलग्न पीडकहरुमा १०५ श्रीमान्, ४५ परिवारका सदस्य, ४६ छिमेकी, १२ पे्रमी ठानिएका व्यक्ति, पाँच साथी, चार घरमालिक रहेका र २५ जना पीडकको पहिचान खुल्न बाँकी रहेको ओरेकले जनाएको छ ।

पीडितमध्ये सबैभन्दा बढी ७७ महिला १७ देखि २५ वर्ष उमेर समूहका भएको पाइएको छ । यसैगरी २६ देखि ३५ वर्ष उमेर समूहका ६२, छत्तीसदेखि ४५ वर्ष उमेर समूहका ३३, छयालीस वर्षभन्दा माथिका उमेर समूहका २० महिला विभिन्न प्रकारका हिं*साबाट प्रभावित रहेका छन् । १६ वर्षभन्दा कम उमेरका ३२ बालिका हिं*साबाट प्रभावित भएका छन् भने उमेर समूह थाहा नभएका सात जना हिं*साबाट प्रभावित भएका छन् ।

संस्थामा अभिलेखीकरण भएका घटनामध्ये १०२ प्र*हरीमा उजुरी दर्ताका लागि गएको, ३० मेलमिलाप समितिमा गएको, ३० हिंसा सहन नसकेर आमाबुबाको घर÷आफन्तकामा गएर बसिरहेका, ६९ प्रभावितले कुनै पनि निकायमा सहयोगका लागि हाल उजुरी गरी नसकेको र वातावरण सहज भएपछि सम्बन्धित निकायमा जाने बताएका छन् । ओरेकद्वारा सञ्चालन गरिएको तीन वटा हटलाइन, मनोविमर्शकर्ता, महिला मानवाधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्थाबाट यी घटनाहरु अभिलेखीकरण गरिएको हो र यीमध्ये १७ वटा घटना सञ्चारमाध्यमबाट सङ्कलन गरिएको ओरेकले जनाएका छ ।

प्रतिक्रिया