ला*गुऔषधसहित तीन जना प*क्राउ

राष्ट्रिय समाचार समिति

लम्की, ३१ वैशाख : कैलालीको जानकी गाउँपालिकाबाट आठ ग्राम ला*गुऔषधसहित तीन जना प*क्राउ परेका छन् । इलाका प्र**हरी कार्यालय टीकापुरले आठ ग्राम ला*गुऔषध खैरो हिरोइनसहित तीन जनालाई प*क्राउ गरेको हो ।

फाइल फोटो

कैलालीको जानकी गाउँपालिका–८ भोक्सीबाट उनीहरुलाई मङ्गलबार नियन्त्रणमा लिएको प्र*हरीले जनाएको छ । ला*गुऔषधसहित प*क्राउ पर्नेमा जानकी–६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, जानकी–८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर–१ का २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् । उनीहरुको साथबाट प्र*हरीले से४प ५४४७ नंको मोटरसाइकलसमेत बरामद गरेको छ ।

टीकापुर प्र*हरीले प*क्राउ परेका तीनै जनालाई जिल्ला चलान गरेको छ । प्र*हरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले प*क्राउ परेका उनीहरुलाई ला*गुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम कसुरको अवस्था हेरी कसुरदारलाई पाँचदेखि १० वर्षसम्म कैद र रु पाँच हजारदेखि २५ हजारसम्म जरिवाना हुने प्रावधान रहेको जानकारी दिनुभयो ।

भट्टले पछिल्लो समय प्र*हरीले ला*गुऔषध ओसारपसार र सेवन नियन्त्रणमा कडाइ गरेको बताउनुभयो । प्र*हरीले बालबालिका तथा युवाहरुलाई कुलतमा फस्नबाट जोगाउन विद्यालयस्तरमा र टोलटोलमा जनचेतना जगाउन जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ ।

“हामीले हजारौँ विद्यार्थीलाई ला*गुऔषध दु*व्र्यसनबाट कसरी बच्ने भन्नेबारे जनचेतना फैलाएका छौँ”, प्र*हरी नायब उपरीक्षक भट्टले भन्नुभयो, “हरेक बस्ती–बस्तीमा समेत कार्यक्रम गर्ने गरेका छौँ, दुव्र्यसनी न्यूनीकरणका लागि अभिभावकलाई सचेत बनाउने अभियान हो ।”

प्रतिक्रिया