आज फेरी थप २ जनामा सङ्क्रमण, सङ्क्रमित २१९ पुगे

admin

काठमाडौं, ३१ बैशाख : कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण बुधबार दुईजनामा देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले काभ्रेस्थित धुलिखेल अस्पतालमा परीक्षणका क्रममा बाँके नेपालगञ्ज-८ का ३६ वर्षीय पुरुषमा सङ्क्रमण भएको पाइएको बताए ।

यसैगरी उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका-५ का २२ वर्षीया पुरुषमा सङ्क्रमण देखिएको हो । योसँगै सङ्क्रमितको संख्या २१९ जना पुगेको छ ।

मंगलबारमात्र नेपालमा एकैपटक ८३ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार दुवै सङ्क्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिक्रिया