सुत्केरी बोकेको एम्बुलेन्स खोलामा खस्यो

राष्ट्रिय समाचार समिति

कोहलपुर, ३१ वैशाख: बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दु*र्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्र*हरी कार्यालय कोहलपुरका प्र*हरी नायब उपरीक्षक कुलदीप चन्दले बताउनुभयो ।

कोहलपुर मेडिकल कलेजबाट चारदिने सुत्केरी लिएर गइरहेकोे एम्बुलेन्स कोहलपुर नगरपालिका वडा नं १२ स्थित सडकदेखि झण्डै सय मिटर तल रोहिणी खोलामा खसेको प्र*हरीले जनाएको छ ।

एम्बुुलेन्समा सुत्केरी प्रमिला परियारसहितकी नवजात, उहाँका पति, ससुरा, एम्बुलेन्स चालकसहित ६ जना सवार थिए । दु*र्घटनामा परी घा*इते भएकाहरुकोे मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको र ती खतरामुक्त रहेको इलाका प्र*हरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया