थप ५ जनामा कोरोना, संक्रमितको संख्या २५० पुग्यो

admin

काठमाडाैं, १ जेठ: नेपालमा थप ५ जना कोरोना स्रक्रमित थपिएका छन् । योसँगै स्रक्रमितको जम्मा संख्या २५० पुगेको छ । सर्लाहीमा १, धनुषामा र महोत्तरीमा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जानकारी दिएको छ ।


थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो । बिहीबार (बुधबार) बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

प्रतिक्रिया