थप एक जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या २४६ पुग्यो, मन्त्रालयले २५० नभएर त्रुटि सच्यायो

admin

काठमाडौं, १ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका-१२ का ४९ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

सङ्क्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड-१९ पुष्टि भएकाको संख्या २४६ पुगेको छ ।

यसअघि सङ्क्रमितको संख्या २५० भनेको मन्त्रालयले पहिले नै पुष्टि भएका ५ जनाको नाम परेको भन्दै त्रुटि सच्याएको हो । बिहान सर्लाही, धनुषा र महोत्तरीका गरी ५ जना थप भएको विवरण सार्वजनिक भएको थियो ।

प्रतिक्रिया