जिल्लाभित्र गाडी चलाउने पास पनि खारेज गर्ने गृहको निर्णय

admin

काठमाडौं : गृहमन्त्रालयले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ। गृहमन्त्रालयमा बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

गृहका उपसचिव तथा सूचना अधिकारी उमाकान्त अधिकारीले जिल्ला भित्र गाडी चलाउन पाउने गरी यसअघि जारी भएका सबै पास रद्द गरिएको जानकारी ई दिए। ‘यसअि जिल्ला बाहिर जाने पास आजदेखि लागू हुने गरि रद्द भइसकेका छन्’, उनले भने, ‘अब यही शनिबारदेखि लागू हुने गरी जिल्ला भित्र पनि गाडी चलाउने गरी जारी गरिएका सबै पास रद्द गर्ने निर्णय भएको छ।’ अ

धिकारीले यो निर्णय राजधानी उपत्यकासहित देशका सबै जिल्लामा लागू हुने जानकारी दिए। यसअघि जिल्ला प्रशासन कार्यालयहरुले विभिन्‍न मितिमा पास जारी गरेका थिए। ती पासको दुरुपयोग भएको गुनासो पनि आएको थियो।

प्रतिक्रिया