च’रेससहित दुई जना प’क्राउ

राष्ट्रिय समाचार समिति

धादिङ १ जेठ: गजुरी गाँउपालिका वडा नम्बर ६ दरियाल खोलाबाट आज एक सय किलोग्राम ला’गुऔषध च’रेससहित दुई जनालाई प्र’हरीले प’क्राउ गरेको छ ।


गाउँबाट च’रेस बोकेर बजारतर्फ लाँदै गर्दा बाटोमा प्र’हरीले उनीहरुलाई प’क्राउ गरेको जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकारी एवं प्र’हरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

प’क्राउ पर्नेमा गजुरी –२ का ३७ वर्षीय टेकबहादुर तामाङ र २६ वर्षीय विकास तामाङ रहेका छन् । उनीहरुलाई ला’गुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने प्र’हरीले जानकारी दिएको छ । ला’गुऔषध च’रेस बेक्न प्रयोग गरिएको प्रदेश नम्बर ३ –०२–०११ प ७४५८ र बा ९७ प ४९९९ नम्बरको मोटरसाइकल प्र’हरीले बरामद गरेको छ ।

प्रतिक्रिया