चट्याङ लागेर एकको मृ’त्यु

राष्ट्रिय समाचार समिति

गाईघाट, २ जेठ : उदयपुरमा चट्याङ लागेर एक जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा उदयपुर जिल्लाको कटारी नगरपालिका–३ राजावासका ६१ वर्षीय लिबहादुर सुनुवार रहेका छन् ।

बिहीबार दिउँसो जङ्गलमा गाईवस्तु चराउन गएका सुनुवार साँझपख घर फर्कने क्रममा घर नजिकैको खोलामा आउँदै गर्दा अचानक हावाहुरीसँगै परेको चट्याङका कारण उनको घटनास्थलमै मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय कटारीले जनाएको छ ।

चटयाङले सुनुवारको छाती डढेका छन् । गाईवस्तु साँझ घर पुगे पनि सुनुवार खोलामै मृ’त अवस्थामा भेटिएको इलाका प्र’हरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभयो । उहाँले शव परीक्षणका लागि कटारी अस्पतालमा राखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया