रासायनिक मलको कालोबजारी गर्ने धरौटीमा छुटे

admin

सिन्धुली, २ जेठ: लकडाउनको मौका छोपी रासायनिक मलको कृत्रिम अभाव गरेर कालोबजारी गरेको आरोपमा प’क्राउ परेका एक सहकारी संस्थाका सञ्चालक धरौटीमा छुटेका छन् । कमलामाई नगरपालिका–६ स्थित बागवानी कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक डुकेन्द्र दाहालले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको आदेशमा एक लाख ७० हजार धरौटीमा छुटेका हुन् ।

रासायनिक मलको मूल्यवृद्धि गरी कालोबजारी गरेको आरोपमा प्र’हरीले गत वैशाख २४ गते दाहाललाई प’क्राउ गरेको थियो । वैशाख ३१ गते धरौटी रकम जम्मा गरेपछि दाहाललाई छाडेको जिल्ला प्र’हरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्र’हरीले सहकारीको गोदामसमेत सिल गरेको थियो । नेपाल सरकारबाट सिन्धुलीका कृषकलाई बिक्री गर्न अनुदानमा आएको युरिया मलको मूल्यवृद्धि गरी बेचेको र जिल्लाका किसानलाई बिक्री नगरी रामेछापको एक सहकारीलाई बैच्दै गरेको अवस्थामा प्र’हरीले सञ्चालक दाहाललाई प’क्राउ गरेको प्र’हरी उपरीक्षक खत्रीले भन्नुभयो । उहाँले भन्नुभयो, “सहकारीले युरिया मलको कालोबजारी गर्ने गरेको किसानबाटै गुनासो आएपछि प्रहरीले छापा मारेर मूल्यवृद्धिसहित बेच्दै गरेको युरिया मल र गाडीसमेत नियन्त्रणमा लिएको थियो ।”

अनुदानमा आएको ५० केजीका ८४० बोरा युरिया मल उक्त सहकारीका सञ्चालक दाहालले सिन्धुली जिल्लाका कृषकलाई बिक्रीवितरण नगरी १७० बोरा युरिया मल प्रगतिशील कृषि सहकारी संस्था रामेछापलाई बिक्री वितरण गर्दै गरेको अवस्थामा प्र’हरीले गोदाम नै सिल गरेको थियो ।

सो अवसरमा प्र’हरीले रामेछाप पठाउने तयारी गरिरहेको अवस्थामा ना७ख ९२४८ नंको ट्रकबाट ४२० बोरा, ना५ख ५१९ नंको ट्रकबाट २५० बोरा, ना७ख ३६६७ नंको ट्रकबाट दुई बोरा एसएसपी सिङ्गल फोस्टेट नामक डिएपी मल र ना६ख ७४७२ नंको ट्रकबाट ५५ बोरा एसएसपी फोस्टेट नाम डिएपी मलसमेत बरामद गरेको थियो ।

प्रतिक्रिया