पूर्वराजारानीले पाए काठमाडौं आउने पास

admin

काठमाडौं : गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई झापाबाट काठमाडौं आउने पास दिएको छ। बिहीबार राति नै गृहले पूर्वराजा शाह दम्पत्तिलाई झापाबाट काठमाडौं आउन अनुमति दिएको हो। यसअघि गृह मन्त्रालयले दुईपटकसम्म पास उपलब्ध नगराउने निर्णय गरेको थियो।

निर्णयको विरोध हुन भएपछि मन्त्रालयले उनीहरुलाई पास उपलब्ध गराएको हो। ‘हिजो बेलुकी नै पास दिइयो,’प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने,’आज बिहान आठ बजे हिँडिसक्नुभयो।’

बिहीबार पूर्वराजा शाह दम्पत्तीले काठमाडौं आउन पासको सिफारिस मागेका थिए। तर प्रक्रिया नपुगेको भन्दै गृहले खारेज गरेको थियो। अहिले पास उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयहरुले गृह मन्त्रालयसँग अनुमति लिनुपर्ने व्यवस्था छ। गृह मन्त्रालयले कोरोना संक्रमितको संख्या बढेसँगै लकडाउन कडा गरेको छ।

प्रतिक्रिया