भूमिकास्थान नगरपालिकाले राहत बाँड्न नसक्दा स्थानबासी भोकै

admin

अर्घाखाँची, २ जेठ : जिल्लामा हालसम्म झण्डै पाँच हजार परिवारलाई राहत वितरण गरिएको छ । कोरोना संक्रमणका कारण गत चैत ११ गतेदेखि लकडाउन भएपछि जिल्ला सबै स्थानीय तहले चार हजार ९४५ घरपरिवारमा राहत वितरण गरेका हुन् ।

जिल्लाका छमध्ये पाँच स्थानीय तहका तीन परिवारलाई एक लाख २१ हजार ३०७ किलो चामल, १० हजार ३६४ किलो दाल, सात हजार ९१२ लिटर तेल र सात सात हजार १४१ किलो नुन वितरण गरिएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

भूमिकास्थान नगरपालिकाले भने हालसम्म राहत बाँड्न सकेको छैन । नगरपालिकाले विपन्न र मजदूरको यकिन तथ्याङ्क सङ्कलन गर्न नसक्दा राहत पाउनुपर्ने नागरिकले राहत पाएका छैनन् । नगर प्रमुख रेशम थापाले वडाबाट सही विवरण नआएकाले वितरणमा ढिलाइ भएको बताए ।

नगरपालिकाका चार हजार घरपरिवारले राहतका लागि फाराम भरेका छन् । वडा कार्यालयमार्फत सिफारिस भएर आएका नाम वास्तविक नभएको पाइएपछि राहत वितरणमा ढिलाइ भएको प्रमुख प्रशासकीय अधिकृत नारायण भण्डारीले बताए ।

प्रतिक्रिया