सडक छाड्न मान्दैनन् अलपत्र मजदुर

राष्ट्रिय समाचार समिति

भक्तपुर, ३ जेठ: खुलामञ्चमा लहरै खाना खाइरहेका झण्डै १०० भन्दा बढी थिए । विहिबार अपराह्न ५ बजे सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले खाना र रोटी दिइरहेको थियो । खाना खाइसकेपछि कोही त्यतै अल्मलिँदै थिए, कोही वीर अस्पताल आसपासका पेटीमा बसेर गफिदै थिए, कोही कसैले राहत ल्याउँछ कि भनेर हेर्दैै थिए । त्यहाँ पाँच वर्षका बालबालिकादेखि ५६ वर्षका पुुरुषसम्म थिए ।

नयाँ मान्छे देख्दा राहतको आशामा कोही मट्टितेल किन्ने पैसा माग्दै थिए, कोही औषधि किन्ने पैसा माग्दै थिए । कोही राहत दिन आको हो भनेर सोध्दै थिए । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेपछि अचेल खुलामञ्च, वीर अस्पताल र रत्नपार्क आसपासका क्षेत्रमा देखिने दृश्य हुन् यी ।

यी क्षेत्रमा मजदुर अलपत्र परेको खबर आएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा उद्धार गरेर लकडाउनभरि लायन्स क्लब अफ काठमाडौँ गुल्मोहकले व्यवस्था गरेको ठाउँमा लैजान एकघण्टा प्र्रयास गर्दा कोही जान मानेनन् ।

काठमाडौँको वीर अस्पताल आसपासका क्षेत्रमा अलपत्र मजदुरको उद्धारका लागि पुगेको टोलीसँग कोही पनि जान नमानेपछि अर्घाखाँची पाडेनी गाउँपालिका घर भई बागबजारको लुम्बिनी भोजनालयमा काम गर्दै आएर हाल सडकको बास भएका ५७ वर्षीय गिरिराज पोखरेल एक जनाको मात्रै उद्धार गरेर फर्कियो ।
उद्धार टोलीसँग जानुअघि पोखरेल भन्नुहुन्छ, “चैत १८ गतेसम्म लकडाउन सकिएला भनेर घर नगइ बसे, तर लम्बियो, अहिले विभिन्न सङ्घसंस्थाले ल्याएर खुवाउँछन्, केही दिन भद्रकाली मन्दिरमा सुतेपनि पछि प्रहरीले लखेटेपछि सडकको पेटीमै सुत्नुप¥यो ।” लुम्बिनी तन्दुरीमा काम गरेको पैसा लिन कुरेर बसेको बताउने भक्तपुर कमलविनायक निवासी जीवन श्रेष्ठ उद्धारटोलीसँग नजाने बरु सडकपेटीमा बस्ने बताउनुभयो ।

वीर अस्पतालको पेटीमा पाँचवर्षे छोरा राउलसँग भेटिएकी २१ वर्षीया स्वस्तिका धामी परिवारको अवस्था नाजुक छ । सिन्धुपाल्चोकको तातोपानी घर भएकी स्वस्तिका श्रीमान् बुद्धमान धामी र एक बहिनीसँग सडकपेटीमा रात गुजार्दै आएका छन् । घर बनाउने मजदुरको काम गर्दै आएको यो परिवार लकडाउनले काम नभएपछि सडकमा परेको बताउँदै भन्नुभयो, “बिहान–बेलुका खाना पाएका छौँ, सुत्न भने यही पेटी, पाटीतिर सुत्छौँ, उद्धार गर्ने टोलीसँग किन जानु, जाँदैनाँै, त्यहाँभित्र बसेपछि बाहिर निस्कनै पाइँदैन, यहाँ भने बाहिर घुम्न पाइन्छ ।”

कोरोना सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि काभ्रे कोशीपारि फलाँटेका पदम र छिरिङ तामाङ दाजुभाइको बास सडकपेटीमै छ । तामाङ दाजुभाइ गौरीघाटमा कोठा लिएर बसेका थिए, लकडाउनपछि घरबेटीले बस्न दिएनन््, लाउने लुगा, रासन सबै सामान झिक्न नदिएपछि कामको खोजीमा भौतारिँदै सडकमा बस्दै आएका छन् । घर बनाउने काममा मजदुरी गर्दै आएका तामाङ दाजुभाइलाई खाने, बस्ने, अन्य आवश्यक सुविधा र बिरामी परे औषधि उपचारको व्यवस्था गरिदिन्छौँ भनेर लायन्स क्लब आफ काठमाडौँ गुल्मोहकका संस्थापक अध्यक्ष सन्दीप पराजुली र लायन्सकर्मी लक्ष्मी महतले भन्दा पनि उनीहरु जान मानेनन् ।

धरान घर भइ काठमाडौँमा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएका ४२ वर्षीय कुमार सुब्बा अहिले सडकमै बस्छन् । लकडाउन पहिला नै काम गर्दा किलाले घोचेर पट्टी बाँधेको देब्रे हत्केलाको घाउ देखाउँदै डे«सिङका लागि पैसा मागे तर उद्धार टोलीसँग जान मानेनन् ।

वीर अस्पताल, खुलामञ्च, रत्नपार्कलगायतका क्षेत्रमा बस्ने अधिकांश अलपत्र मजदुरदेखि सडक मानव, बच्चा, बालिका र महिलाले सुरक्षाका कुनै सामग्री प्रयोग गरेका छैनन् । न त सामाजिक दूरी नै कायम गरेका थिए । प्रहरीका अनुसार दिएको मास्क पनि उनीहरु लगाउँदैनन् ।

न त उनीहरुलाई कोरोनाको चिन्ता छ, न त राति सडकमा सुत्नुपर्छ भन्ने चिन्ता नै । खाना विभिन्न संस्थाहरुले खुवाइहाल्छ । साँझ परेपछि कोही मदिराले मात्तिएका, कोही चुरोटको धुँवा उडाउँदै गरेको देखिन्थे । उद्धारको नेतृत्व गर्नुभएका इन्सेक वाग्मती प्रदेश संयोजक गौतमले समस्यामा परेका भनिएका मजदुर, बालबालिका, महिला सडकपेटीमा रात बिताउँदा जोखिममा पर्ने भन्दै उद्धार टोलीले लैजान खोज्दा जान नमानेको बताउनुभयो ।

टोलीसँगै पुग्नुभएका महानगरीय जनसेवा प्रहरी वृत्त काठमाडौँका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले सडकपेटीमा रात बिताउने मानिसका कारण अपराध बढ्ने चिन्ता प्रहरीलाई सधैँ हुने बताउँदै भन्नुहुन्छ, “साँझ परेपछि होहल्ला गर्ने, मादक पदार्थ सेवन गर्ने हुनाले झगडा पनि गर्छन्, तर बिडम्बना खान र बस्न दिन्छौँ, रोग लागे उपचार गर्छौँ भन्दा पनि जान मान्दैनन् ।” काठमाडौँका विभिन्न ठाउँबाट मानव सेवा आश्रमले उद्धार गरेर लगेको १५० भन्दा बढीलाई केही दिनअघि खुलामञ्चमा ल्याएर छाडिदिएपछि झन् समस्या थपिएको उहाँ बताउनुहुन्छ ।

लैङ्गिक हिंसा नियन्त्रण सञ्जालकी कोषाध्यक्ष एवं विश्वास नेपालकी पैरवीकर्ता रसना ढकालले सडकमा अलपत्र मजदुरको उद्धारका लागि सहजीकरण गरिदिए पनि मजदुर, महिला, बालबालिकाले सडक भने छाड्न नमान्दा दुःख लागेको बताउनभयो ।

उद्धार गर्न आएका लायन्स क्लबका पराजुलीले कपनको नवदुर्गा पार्टी प्यालेसमा उद्धार गरिएका व्यक्तिलाई राख्ने गरेको बताउनुभयो । सुरुमा ६० जनासम्म रहेपनि धेरै घर फर्किएकाले अहिले २२ जना रहेको र १२० जनासम्म राख्ने क्षमता भएको बताउनुभयो । समस्यामा परेकाहरुको उद्धार गर्न आफूहरु तयार रहेको बताउदै उद्धार गरेका न्यूनतम आवश्यक पूर्वाधारहरुको व्यबस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

भक्तपुर, ३ जेठ: खुलामञ्चमा लहरै खाना खाइरहेका झण्डै १०० भन्दा बढी थिए । विहिबार अपराह्न ५ बजे सिद्धाश्रम शक्ति केन्द्र काठमाडौँले खाना र रोटी दिइरहेको थियो । खाना खाइसकेपछि कोही त्यतै अल्मलिँदै थिए, कोही वीर अस्पताल आसपासका पेटीमा बसेर गफिदै थिए, कोही कसैले राहत ल्याउँछ कि भनेर हेर्दैै थिए । त्यहाँ पाँच वर्षका बालबालिकादेखि ५६ वर्षका पुुरुषसम्म थिए ।

नयाँ मान्छे देख्दा राहतको आशामा कोही मट्टितेल किन्ने पैसा माग्दै थिए, कोही औषधि किन्ने पैसा माग्दै थिए । कोही राहत दिन आको हो भनेर सोध्दै थिए । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले लकडाउन गरेपछि अचेल खुलामञ्च, वीर अस्पताल र रत्नपार्क आसपासका क्षेत्रमा देखिने दृश्य हुन् यी ।

यी क्षेत्रमा मजदुर अलपत्र परेको खबर आएपछि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश कार्यालयका संयोजक कृष्ण गौतमको नेतृत्वमा उद्धार गरेर लकडाउनभरि लायन्स क्लब अफ काठमाडौँ गुल्मोहकले व्यवस्था गरेको ठाउँमा लैजान एकघण्टा प्र्रयास गर्दा कोही जान मानेनन् ।

काठमाडौँको वीर अस्पताल आसपासका क्षेत्रमा अलपत्र मजदुरको उद्धारका लागि पुगेको टोलीसँग कोही पनि जान नमानेपछि अर्घाखाँची पाडेनी गाउँपालिका घर भई बागबजारको लुम्बिनी भोजनालयमा काम गर्दै आएर हाल सडकको बास भएका ५७ वर्षीय गिरिराज पोखरेल एक जनाको मात्रै उद्धार गरेर फर्कियो ।

उद्धार टोलीसँग जानुअघि पोखरेल भन्नुहुन्छ, “चैत १८ गतेसम्म लकडाउन सकिएला भनेर घर नगइ बसे, तर लम्बियो, अहिले विभिन्न सङ्घसंस्थाले ल्याएर खुवाउँछन्, केही दिन भद्रकाली मन्दिरमा सुतेपनि पछि प्रहरीले लखेटेपछि सडकको पेटीमै सुत्नुप¥यो ।” लुम्बिनी तन्दुरीमा काम गरेको पैसा लिन कुरेर बसेको बताउने भक्तपुर कमलविनायक निवासी जीवन श्रेष्ठ उद्धारटोलीसँग नजाने बरु सडकपेटीमा बस्ने बताउनुभयो ।

वीर अस्पतालको पेटीमा पाँचवर्षे छोरा राउलसँग भेटिएकी २१ वर्षीया स्वस्तिका धामी परिवारको अवस्था नाजुक छ । सिन्धुपाल्चोकको तातोपानी घर भएकी स्वस्तिका श्रीमान् बुद्धमान धामी र एक बहिनीसँग सडकपेटीमा रात गुजार्दै आएका छन् । घर बनाउने मजदुरको काम गर्दै आएको यो परिवार लकडाउनले काम नभएपछि सडकमा परेको बताउँदै भन्नुभयो, “बिहान–बेलुका खाना पाएका छौँ, सुत्न भने यही पेटी, पाटीतिर सुत्छौँ, उद्धार गर्ने टोलीसँग किन जानु, जाँदैनाँै, त्यहाँभित्र बसेपछि बाहिर निस्कनै पाइँदैन, यहाँ भने बाहिर घुम्न पाइन्छ ।”

कोरोना सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि काभ्रे कोशीपारि फलाँटेका पदम र छिरिङ तामाङ दाजुभाइको बास सडकपेटीमै छ । तामाङ दाजुभाइ गौरीघाटमा कोठा लिएर बसेका थिए, लकडाउनपछि घरबेटीले बस्न दिएनन््, लाउने लुगा, रासन सबै सामान झिक्न नदिएपछि कामको खोजीमा भौतारिँदै सडकमा बस्दै आएका छन् ।

घर बनाउने काममा मजदुरी गर्दै आएका तामाङ दाजुभाइलाई खाने, बस्ने, अन्य आवश्यक सुविधा र बिरामी परे औषधि उपचारको व्यवस्था गरिदिन्छौँ भनेर लायन्स क्लब आफ काठमाडौँ गुल्मोहकका संस्थापक अध्यक्ष सन्दीप पराजुली र लायन्सकर्मी लक्ष्मी महतले भन्दा पनि उनीहरु जान मानेनन् ।

प्रतिक्रिया