नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुग्यो

admin

काठमाडौं, ३ जेठ : शनिबार नेपालमा फेरि थप ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षका पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको हो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि शनिबार बिहान ६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २७६ पुगेको छ ।

प्रतिक्रिया