धुलिखेल, ३ जेठः सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्बर ९ राम्चेमा उच्च सतर्कता अपनाइएको छ । सोहि वडाकी एक सुत्केरी महिलाको धुलिखेल अस्पतामा मृ’त्यु भएपछि वडामा उच्च सतर्कता अपनाइएको हो । वडाध्यक्ष सानु तामाङले वडाका कोहि पनि नागरिकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताए ।
ज्वरो, रुघाखोकी र स्वासप्रश्वासको समस्या भएपछि अस्पताल भर्ना भएकी ती महिलाको उपचारको क्रममा मृ’त्यु भएको थियो ।
बिहीबार धुलिखेल अस्पतालमा आइपुगेकी ती महिनाको उपचारकै क्रममा मृत्यु भएको हो । ९ दिनको बच्चा रहेको बताइएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिए । शिक्षण अस्पताल महारागञ्जमा सुत्केरी भएर उनी गाउँ गएकी थिइन् ।
बैशाख २७ गते शिक्षण अस्पतालबाट डिस्चार्ज भएर गाउँ गएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बैशाख ३१ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याइएको थियो ।
जेठ १ गते बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रले आइसियु नभएको भन्दै धुलिखेल अस्पताल लैजान सिफारिस गरेको बाह्रबिसे नगरपालिकाका स्वास्थ्य संयोजक होमनाथ लामिछानेले बताए । तर अस्पताल नलगेर घरमा लगेको पाइएको छ ।